२०८३ भाद्र २७ गते शनिवार

images

मुगुमा अज्ञात रोगका कारण धमाधम चौरी मर्न थाले

मुगुमा अज्ञात रोगका कारण धमाधम चौरी मर्न थाले

सहर्ष न्युज
बुधवार, पौष १० २०८१
सहर्ष न्युज
बुधवार, पौष १० २०८१
  • मुगु । मुगु जिल्लाको माथिल्लो मुगुमा अज्ञात रोगका कारण चौंरी बिरामी भई मर्न थालेका छन् । मुगुमकार्मारोङ गाउँपालिका वडा नम्बर २ को सिरानी चौरमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जानकारी दिएको छ ।

    पशु अस्पतालका कार्यालय प्रमुख भीमचन्द्र बुढाले सो गाउँपालिकाका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीसहित उपचारका लागि त्यसतर्फ जाँदै गरेको बताउनुभयो ।

    रोगको प्रारम्भिक अध्ययन नगरी कुन रोगले चौरी मरेका हुन् भनि एकिन गर्न नसकिने उहाँको भनाइ छ । उहाँले प्राविधिक टोली त्यहाँ पुगेपछि प्रारम्भिक अध्ययन सुरु गर्ने जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend