२०८३ श्रावण १२ गते मंगलवार

images

लेखा समिति सभापति पोखरेलको राजीनामा, पोखरेलकी पत्नी अदालतमा उपस्थित हुनुपर्छ : योगश भट्टराई

लेखा समिति सभापति पोखरेलको राजीनामा, पोखरेलकी पत्नी अदालतमा उपस्थित हुनुपर्छ : योगश भट्टराई

सहर्ष न्युज
सोमवार, पौष ८ २०८१
सहर्ष न्युज
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

    सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।

    सांसद मोदीले सहकारी ठगी प्रकरणमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै उनको राजीनामा माग गरेका हुन् । ‘सभापतिज्यू माथि प्रश्न छ । सहकारीको विषय तपाईंको परिवारमा जोडिएको छ । प्रश्न उठेपछि यसको बारेमा तपाईंले जवाफ दिनुपर्छ’, उनले बैठकमा भने ।

    सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।

    पोखरेलकी पत्नी अदालतमा उपस्थित हुनुपर्छ : योगश भट्टराई

    यसैबीच नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् ।

    सोमबार जारी समितिको बैठकमा बोल्ने क्रममा भट्टराईले आरोपित कोइरालाले न्यायिक निरूपणलाई सघाउनुपर्ने बताए । 

    ‘सभापतिबारे कुरा उठेको छ । उहाँको श्रीमती एउटा सहकारीमा जोडिएको कुरा छ । उहाँ अदालतमा जानुपर्छ र जानुहुन्छ भन्ने विश्वास छ । न्यायिक निरुपणमा जानुपर्छ,’ उनले भने ।

    कतिपयले बाहिर कराउँदै हिंड्ने गरेको भन्दै उनले एमालेका नेता कार्यकर्ताले त्यस्तो नगर्ने विश्वास लिएको बताए । सभापतिलाई समेत श्रीमतीसँग जोडेर गरिएका प्रश्नबारे प्रष्ट पार्न उनको आग्रह थियो ।

    मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा पोखरेलकी श्रीमती पनि मुछिएकी छिन् । उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    कोइराला भने प्रहरीको फरार सूचीमा छिन् ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend