२०८३ श्रावण ११ गते सोमवार

images

आधा किलो सुन र केही रकमसहित सहित दुई भारतीय नागरिक पक्राउ

आधा किलो सुन र केही रकमसहित सहित दुई भारतीय नागरिक पक्राउ

सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
  • कैलाली । आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिएको हो ।

    धनगढी उपमहानगरपालिका- ३ ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा यूपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन, ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामद गरिएको कैलाली प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।

    ‘उक्त गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाइछिपाइ ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका दुई टुक्रा फेला परेपछि गुप्तालाई पक्राउ गरिएको हो’, उनले भने, ‘गाडीमा सवार बर्मालाई पनि पक्राउ गरेका छौं ।’

     

    पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उद्देश्यले सुन तस्करी गरी ल्याइएको खुलेको छ । पक्राउ परेकामध्येका सुमितले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend