२०८३ श्रावण १२ गते मंगलवार

images

‘सरकारले आर्थिक सुधारको विशेष योजना चाँडै ल्याउने’

‘सरकारले आर्थिक सुधारको विशेष योजना चाँडै ल्याउने’

सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक सुधारका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । म्याग्दी–काठमाडौँ सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको विभिन्न क्षेत्रका अगुवाको सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले निराशा हटाउने गरी आर्थिक सुधार कार्यक्रम आउने बताउनुभएको हो । 

    उहाँले निराशा न्यूनीकरण गरेर अघि बढ्ने र देशलाई आर्थिक रूपमा सबल बनाउनका लागि काम गर्ने पक्षमा कांग्रेस दृढ रहेको प्रस्ट पार्नुभयो । 

    उहाँले भन्नुभयो, “कांग्रेस छलफलमा छ । केही दिनभित्र सरकारबाट महत्वपूर्ण निर्णय गराउने गरी छलफल भइरहेको छ । तयारी भइरहेको छ । हामी दिनरात काम गरिरहेका छौँ । त्यो निर्णयबाट अहिलेको अवस्था अलिकति सुधार हुन्छ भन्ने विश्वास हामीलाई छ ।”

    महामन्त्री थापाले पार्टीभित्रका कमीकमजोरीलाई सच्याउने र नागरिकका समस्या समाधानमा जिम्मेवारीपूर्वक उभिने बताउनुभयो ।  उहाँले २०८४ को निर्वाचनको सन्दर्भमा पार्टी सङ्गठनले लाग्ने, महाधिवेशन समयमै गर्ने र देशलाई सम्हालेर लैजाने बताउनुभयो । उहाँले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारमा पनि कांग्रेसको उल्लेख्य प्रतिनिधित्व रहेको बताउँदै सबै जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, “२०८१, ८२ र ८३ को जिम्मा कांग्रेसले लिने हो । काम गर्ने हो । नागरिकलाई अहिलेको अप्ठ्यारोबाट बाहिर निकाल्ने हो । र, २०८४ को निर्वाचनमा सीमित स्रोत साधन पनि यति काम ग¥यौँ, अब यति काम गर्छौं भनेर मत माग्ने हो ।” उहाँले नेपालका युवाले मर्यादित रोजगारी दिने, रोजगारी दिएर देशमै टिकाउन नसकिए अप्ठ्यारो हुने बताउँदै अहिले सबैभन्दा बढी पैसा बैङ्कमा थुप्रिए पनि आर्थिक गतिविधि ठप्प रहेको र बजारमा माग न्यून रहेको विषयलाई दृष्टिगत गरी पैसा परिचालन हुने वातावरण तयार गरिने प्रस्ट पार्नुभयो । 

    कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले कांग्रेसलाई रूपान्तरण गरेर अघि बढ्ने बताउनुभयो । कांग्रेस नेता एवं सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ले म्याग्दीको विकासका 

    सन्दर्भमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा सांसद गर्बुजासहित ३५ जना विभिन्न क्षेत्रका अगुवा र जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend