२०८३ भाद्र २८ गते आइतवार

images

पूर्वी र मध्य नेपालमा दुई पेट्रोलियम पाइपलाइन निर्माण 'कार्यान्वयनको चरणमा'

पूर्वी र मध्य नेपालमा दुई पेट्रोलियम पाइपलाइन निर्माण 'कार्यान्वयनको चरणमा'

सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति र भण्डारणसम्बन्धी तीन वटा महत्त्वपूर्ण पूर्वाधारहरू निर्माणसम्बन्धी नेपाल र भारतबीचको एउटा नयाँ सम्झौता "कार्यान्वयनको चरणमा प्रवेश गरेको" अधिकारीहरूले बताएका छन्।

    उक्त सम्झौतालाई अघि बढाउन बनाइएको दुई पक्षीय "कार्य समूह"को यसै साता काठमाण्डूमा सम्पन्न बैठकले पूर्वाधार निर्माणलाई "कार्यान्वयनको चरणमा लैजाने" निर्णय गरेको नेपाली अधिकारीहरूले बताएका हुन्।

    उनीहरूका अनुसार नेपाली र भारतीय अधिकारीहरू "अबको ५४ महिनाभित्र" पूर्वाधारहरू निर्माण सम्पन्न गर्न सहमत बनेका छन्।

    तर ऊर्जाविज्ञ र वातावरण अभियानकर्मीहरूले उक्त सम्झौता भएदेखि नै त्यसलाई "देशको दीर्घकालीन हित विपरीतको कार्य" भनेर आलोचना गरिरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend