२०८३ भाद्र २७ गते शनिवार

images

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
सहर्ष न्युज
आइतवार, पौष ७ २०८१
  • तेह्रथुम । टिकटक बनाउने क्रममा तेह्रथुममा दुई जनाले ज्यान गुमाएका छन् । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको खोलामा टिकटक बनाउने क्रममा मृत्यु भएको हो ।

    शनिबार विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा खसे । दुई जना खोचमा खसेको खबर सँगै गएका विद्यार्थीले ल्याएका थिए ।

    खोंचमा खसेका कारण दुवै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले बताइन् । उनका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेको देखिन्छ ।

    ‘खोलामा नुहाउने क्रममा दुई जना विद्यार्थी र शिक्षिका अलिक पर जानु भएको रहेछ, दुई जना लडेको खबरसँगै जानेले विद्यार्थीले ल्याउनु भएको थियो’, उनले भनिन, ‘सँगै जाने विद्यार्थी विछिप्त भएका कारण सबै कुरा खुलिसकेको छैन ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend