२०८३ श्रावण ११ गते सोमवार

images

रविसँग भेटपछि दीपक भन्छन्: दोषी वा निर्दोष भन्दिनँ, धेरैको विश्वास छ निर्दोष हुनुहुन्छ !

रविसँग भेटपछि दीपक भन्छन्: दोषी वा निर्दोष भन्दिनँ, धेरैको विश्वास छ निर्दोष हुनुहुन्छ !

सहर्ष न्युज
शुक्रवार, पौष ५ २०८१
सहर्ष न्युज
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । हास्य अभिनेता दीपकराज गिरीले सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमै पुगेर भेटेको बताएका छन् । शुक्रवार फेसबुकमा एक लामो स्ट्याटस राख्दै आफूले हिरासतमा पुगेर रविलाई भेटेको उल्लेख गरेका छन् । तर, कहिले भेटे भनेर मिति भने खुलाएका छैनन् । 

    ‘म थुनामा भेट्न गएँ उहाँलाई । प्रहरीले क्यामरा ढोका मैँ लियो, त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन । मलाई सत्तामा भएका मान्छेसँग खासै भेट्न मन लाग्दैन । त्यसैले उहाँ मन्त्री हुँदा पनि भेटघाट भएन मेरो,’ अभिनेता गिरीले लेखेका छन्, ‘तर थुनामा चाहिँ भेट्न जान मन लाग्यो ।’ 

    साथीलाई सुखमा नभई दुःखमा भेट्नुपर्छ भन्ने मान्यता अनरुप आफू भेट्न गएको गिरीले लेखेका छन् । ‘उहाँसँगको भेटमा उहाँ आत्मविश्वासी हुन हुन्थ्यो । डर, त्रास वा हीनताबोध केही थिएन,’ उनले अगाडि लेखेका छन् । 

    आफू रवि दोषी वा निर्दोष के हो भन्न नसक्ने पनि उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्,  ‘तपाई दोषी हो वा निर्दोषी, त्यो त मैले भन्ने कुरा होइन । तर, धेरै मानिसको विश्वास छ तपाई निर्दोष हुनुहुन्छ !’ 

    यदि निर्दोष भए रविलाई चाँडै ‘बाहिर भेट्न पाइयोस्’ भन्दै गिरी शुभकामना दिएका छन् । 

    ‘‘चुप लाग’ भन्छन् साथीहरू बोल्ने बानी छ के गर्ने ?’ गिरीले अगाडि लेखेका छन् । 

    अभिनेता गिरी आफ्ना प्रायः सामाजिक गतिविधिमा रवि र रास्वपाको समर्थनमा सुनिँदै आएका पात्र हुन् । यो स्ट्याटससँगै राखिएको तस्बिर भने रवि र दीपकको पुरानो तस्बिर हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend