२०८३ श्रावण ११ गते सोमवार

images

लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार

लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार

सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
  • बेरूत । विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् ।

    लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार विश्व बैङ्कका मध्यपूर्व विभागका देशीय निर्देशक ज्याँ क्रिस्टोफ क्यारेटले लेबनानको पुनर्निर्माणमा लेबनानी सरकारसँग सहकार्य गर्ने बैङ्कको इच्छा व्यक्त गर्नुभएको हो । क्यारेटले लेबनानको संसदसँगको भेटमा उक्त भनाइ राख्नुभएको हो ।

    उक्त अवसरमा सभामुख नाबिह बेरी र विभागका देशीय निर्देशक क्यारेटले पुनर्निर्माण परियोजनाहरू र कार्यक्रमहरू, भग्नावशेष हटाउने, पूर्वाधार पुनर्निर्माण, र औद्योगिक र कृषि सुविधाहरूको पुनःस्थापनासहितका विषयमा छलफल गर्नुभएको थियो ।

    बेरीले ‘इजरायली आक्रमणबाट लेबनानले व्यहोरेको परिणामलाई पुनर्निर्माण र सम्बोधन गर्न लेबनानसँग प्रतिक्रिया र संलग्न हुने विश्व बैङ्कको इच्छा र तत्परता’ को प्रशंसा गर्नुभयो ।

    उहाँले विश्व बैंकले तयार गरिरहेको योजनाको विवरणका बारेमा पनि जिज्ञासा राख्दै भन्नुभयो, “यो योजनामा किसान, उद्योगपति र साना व्यवसायीका लागि भूमि सुधार र ऋण सुरक्षित गर्ने कार्यक्रम समावेश हुनुपर्दछ यसबाट उनीहरूलाई यस वर्षको अन्त्यसँगै पुनः वृद्धि गर्न सकियोस् ।

    विश्व बैङ्कका अनुसार लेबनानमा हिजबुल्लाह–इजरायल द्वन्द्वबाट भएको भौतिक तथा आर्थिक क्षति आठ अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend