२०८३ श्रावण ११ गते सोमवार

images

मनकामना केबुलकारको सेवा आजबाट सुचारु

मनकामना केबुलकारको सेवा आजबाट सुचारु

सहर्ष न्युज
बुधवार, पौष ३ २०८१
सहर्ष न्युज
बुधवार, पौष ३ २०८१
  • गोरखा । नेपालको पहिलो केबलकार मनकामना केबलकार आज बुधवारबाट सुचारु भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै २ दिन सम्म टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आजबाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचनले जानकारी दिनुभयो । 

    उहाँका अनुसार मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गते देखि पुस २ गते सम्म २ दिन मनकामना केबलकार बन्द गर्नु परेको उहाँले बताउनुभयो । 

     २०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएता पनि टावरमा मर्मत कार्य गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । 

    २ दिन सम्म मनकामना केबुलकार बन्द हुन पुगेकोमा सम्पूर्ण नागरिकमा मनकामना दर्शन प्रालिले क्षमा याचना समेत गरेको सूचना उल्लेख गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend