२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमै समाधान गर्ने...

उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमै समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता

उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमै समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता

सहर्ष न्युज
मंगलवार, पौष २ २०८१
सहर्ष न्युज
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ ।

    मङ्गलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्नुहुँदै खानेपानीमन्त्री यादवले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको जानकारी दिनुभयो ।

    मन्त्री यादवले भन्नुभयो, ‘‘उपत्यकामा खानेपानीको समस्या हुन नदिनका लागि हामीले ठाउँठाउँमा अनुगमन गरिरहेका छौं । अहिलेको नयाँ टेक्नोलोजीअनुसार काम गरेको पाइपलाइनहरुको पनि हामीले अनुगमन गरिरहेका छौं । आउने दिनमा उपत्यकामा कुनैपनि खानेपानी समस्या हुन नदिनका लागि दीर्घकालीन रुपमा योजना बनाएर पनि हामी अगाडि बढेका छौं । तर अहिले हामीले मेलम्चीको पानी वर्षमा ८ महिना मात्र वितरण गरिरहेका छौं ।’’

    उहाँले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौं आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा २४ सैं घण्टा पानी उपलब्ध गराउनका लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेण्डर आह्वान भइसकेको समेत बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘वर्षामा चार महिना वितरण नहुँदा समस्या छ । त्यसका लागि हामीले १२ महिनाको २४ सैं घण्टा पानी दिनको लागि हामीले सुन्दरीजलमा नयाँ टे«ण्डर प्लान थपिरहेका छौं । त्यसको क्षमता २५ करोड ५० लाख लिटर क्षमता छ । त्यो निर्माण भइसकेपछि काठमाडौंवासीको सपना पूरा हुन्छ, उपत्यकाको पानीको समस्या समाधान हुन्छ ।’’

    उपत्यका नजिक पानीका मुहान नभएका कारण केही समस्या भएको उहाँको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend