२०८३ भाद्र २८ गते आइतवार

images

ग्लोरी मिडियाद्वारा ३ जना पत्रकारलाई ‘राष्ट्रिय गौरव सम्मान प्रदान’, अन्य क्षेत्रका पनि सम्मानित

ग्लोरी मिडियाद्वारा ३ जना पत्रकारलाई ‘राष्ट्रिय गौरव सम्मान प्रदान’, अन्य क्षेत्रका पनि सम्मानित

सहर्ष न्युज
सोमवार, पौष १ २०८१
सहर्ष न्युज
सोमवार, पौष १ २०८१
  • काठमाडौं : ग्लोरी मिडियाले देशका विभिन्न क्षेत्रबाट राष्ट्रिय योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरुलाई ‘राष्ट्रिय गौरव सम्मान’ प्रदान गरेको छ। नेपाल टेलिभिजनमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले, सो कार्यक्रम १५ बर्ष पुराभएको अवसरमा कार्यक्रमलाई बाल सहभागीतामुलक बनाउन कार्यक्रम प्रस्तोता छनौटका लागि राष्ट्रिय नाचघरमा आईतबार आयोजित ग्लोरी टिन एण्ड किडस ट्यालेण्ट प्रतियोगिताको अवसरमा उक्त सम्मान समर्पण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठ,बरिष्ठ बाल रोग विशेषज्ञ डा. हरिकृष्ण बास्कोटा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, पारा ओलम्पिककी एतिहसिक पदक विजेता पलेशा गोवद्र्धन, शिक्षासेवीहरु नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्र बिक्रम थापा, नारायण कुमार कार्की, अशोक सुन्दर श्रेष्ठ, पारसमणी दाहाल र भिक्षु राजु लामा कोन्दनलाई सम्मानित गरियो ।  

    त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रजेश कुमार झा व्यापार तथा वित्त व्यवस्थापन विज्ञ दिपक न्यौपाने, लेखक एवम साहित्यकार अनिश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष अध्यक्ष प्रल्हाद दाहाल, लेखक एवम सर्जक शिव न्यौपाने, शिक्षासेवी, धर्मसेवी एवम समाजसेवी भिक्षु राजु लामा कोन्दन, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, एनप्याब्सनका महासचिव तथा बाल साहित्यकार पारसमणी दाहाल, शिक्षा सेवी अशोक सुन्दर श्रेष्ठ, मानव अधिकारकर्मी एवम समाजसेवी दिपक चन्द्र दाहाल, समाजसेवी एवम उद्यमी व्यवसायी लिमा अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा निर्यात व्यवसायी महासंघकी उपाध्यक्ष शान्ता बास्कोटा कोईराला, नेपाल चेम्बर अफ कमर्सकी केन्द्रिय सदस्य एवम् नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् बरिष्ठ सौन्दर्यविद सुष्मा महरा शाह, सूचना प्रविधि विज्ञ तथा कम्पुटर एशोसिएसन अफ नेपालक महासचिव चिरन्जिवी अधिकारी, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी, युएईका प्रबन्ध निर्देशक नानुकाजी अर्याल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, आतिथ्य सत्कार सेवा विशेषज्ञ विलास खत्री, पर्यटन व्यवसायी तथा टानका पूर्व अध्यक्ष खुम बहादुर सुवेदी, स्वतः ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक एवम् ग्लोकल वर्कफोर्सका अध्यक्ष अजय कुमार श्रेष्ठ, एभेण्टोज नेपालका सिईओ डेभिल सिंह राजपुत र इभेन्ट स्टेज व्यवस्थापक तथा डिजिटल डिस्प्ले अपरेटर रमेश श्रेष्ठमा राष्ट्रिय गौरव सम्मान समर्पण गरिएको छ ।  

    Glory Media Samman.jpg
    undefined

    त्यस्तै पत्रकारितातर्फ गोरखापत्र दैनिकका सुकृत नेपाल , नेपाल टेलिभिजनका क्यामेरामेन अशोक कुमार बस्नेत एवम्  द राइजिङ्ग नेपालकी रेनुका ढकाल  राष्ट्रिय गौरव पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभयो ।  

    कार्यक्रम समारोह माझ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठले यस प्रकारको सम्मानले सबैलाई अझ सशक्त भएर अगाडि बढन थप प्रेरित गर्ने विश्वास आफुले लिएको धारणा राख्नुभयो  । ‘यो सम्मान समर्पणले हाम्रो समाज र राष्ट्रको हित लागि प्रेरणा हुनेछ भन्ने विश्वास लिएको छु” उहाँले भन्नुभयो ।  


    त्यस्तै ग्लोरी मिडियाका अध्यक्ष ओझाले सम्मानित व्यक्तिहरूको योगदानको प्रशंसा गर्दै भन्नुभयो,देशका विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै भन्नुभयो ‘यस सम्मान समारोहमा विभिन्न क्षेत्रका अग्रज र विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्दै, उहाँहरूको  योगदानको कदर गर्ने जमर्को गरेका छौँ, यस समारोहमा सम्मानित व्यक्तित्वहरूमा उद्योग, व्यापार, शिक्षा, साहित्य, पत्रकारिता, मानव अधिकार, पर्यटन, समाजसेवा, खेलकुद, स्वास्थ्य, र अन्य विविध क्षेत्रका प्रेरणादायी व्यक्तिहरू हुनुहुन्छ र यस कार्यक्रम हामीले समाजप्रतीको दायित्व निर्वाह गर्ने उदेश्यसहित आयोजना गरेका हौ’ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend