२०८३ भाद्र २८ गते आइतवार

images

जाजरकोट जीप दुर्घटनामा पाँच जनाको मृत्यु, एक महिनाको बालकसमेतले ज्यान गुमाए

जाजरकोट जीप दुर्घटनामा पाँच जनाको मृत्यु, एक महिनाको बालकसमेतले ज्यान गुमाए

सहर्ष न्युज
बिहिवार, मंसिर २७ २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर २७ २०८१
  • जाजरकोट- जाजरकोटको जिप कैना–कड्के सडकको बिरखोला नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परि नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो ।

    नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरुलाई ल्याएको थियो ।

    प्रहरीका अनुसार जिप एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । जीपमा सात जना सवार थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend