२०८३ श्रावण १० गते आइतवार

images
  • प्रमुख समाचार
  • वडाध्यक्षसहित तीन जनाविरुद्ध अख्तियार सर्वोच्चमा, भ्रष्टाचार...

वडाध्यक्षसहित तीन जनाविरुद्ध अख्तियार सर्वोच्चमा, भ्रष्टाचार गरेको आरोप

वडाध्यक्षसहित तीन जनाविरुद्ध अख्तियार सर्वोच्चमा, भ्रष्टाचार गरेको आरोप

सहर्ष न्युज
बुधवार, मंसिर २६ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वडाध्यक्षसहित तीन जनाविरुद्ध सर्वोच्च अदालत गएको छ ।

    अख्तियार सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका २ का तत्कालीन वडाध्यक्ष रमेश कुमार बस्नेत, लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जीवन सुवेदीविरुद्ध सर्वोच्च पुगेको हो । 

    विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो । निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा त्यसविपरीत हुने गरी झुट्टा बिल भर्पाइको आधारमा  ६ लाख ६० हजार भ्रष्टाचार गरेको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

    विशेषले उक्त प्रकरणमा सफाइ दिएपछि त्यसविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो । लेखा परीक्षण बेरुजुपश्चात् ६० हजार रकम दाखिला भएको र ६ लाख बराबरको हानि नोक्सानी पुर्‍याएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ अनुसार सजाय हुनुपर्ने पुनरावेदन निवेदनमा उल्लेख छ ।

    लिखुपिके गाउँपालिका २ का वडाध्यक्ष बस्नेतले २०७५ फागुन १५ गते रकम नदिई निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा ६ लाख ६० हजारको बिल भर्पाइ कागज बनाएको अख्तियारको दाबी छ । उनीहरूले उक्त जग्गा २०७६ असार ३१ गते प्रमुख प्रशासकीय अधिकृत र लेखापालसमेतले झुट्टा बिल भर्पाइ बनाइ भुक्तानी दिएको अख्तियारको दाबी छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend