२०८३ भाद्र २७ गते शनिवार

images

अञ्जन श्रेष्ठपछि उद्योग बाणिज्य महासंघको अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

अञ्जन श्रेष्ठपछि उद्योग बाणिज्य महासंघको अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

सहर्ष न्युज
बुधवार, मंसिर २६ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा अब अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । महासंघको विधान संशोधनका लागि मंगलबार बसेको विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो ।

    अहिले वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष निर्वाचन हुन्छ र निर्वाचित व्यक्ति अर्को कार्यकाल स्वतः अध्यक्ष हुने प्रावधान छ । वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधन गर्ने निर्णय विशेष साधारण सभाले गरेको हो ।


    महासंघमा यसअघि सोही प्रावधान रहेको थियो । २०७३ सालमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान ल्याइएको हो । सो प्रावधानका कारण तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनिन् । अब भने श्रेष्ठको कार्यकालपछि अध्यक्ष पदमै खुला प्रतिस्पर्धा हुने गरी विधान संशोधन गर्ने निर्णय भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend