२०८३ भाद्र २९ गते सोमवार

images

सिमेन्ट उद्योगी र निर्माण व्यवसायीबीच सिमेन्टको मूल्य घटाउने विषयमा सहमति

सिमेन्ट उद्योगी र निर्माण व्यवसायीबीच सिमेन्टको मूल्य घटाउने विषयमा सहमति

सहर्ष न्युज
बुधवार, मंसिर २६ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । सिमेन्ट उद्योगी व्यवसायीहरुले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् ।

    मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

    अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट सात सय रुपियाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीले प्रतिबद्धता गरेको बताए  उनले  काठमाडौँ उपत्यकामा अब ६ सय रुपियाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूले सिमेन्ट उद्योगी धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

    सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरेका छन्  ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend