२०८३ भाद्र २८ गते आइतवार

images
  • प्रमुख समाचार
  • फिलिपिन्समा ज्वालामुखी विस्फोट, आसपासका गाउँहरूबाट सुरक्षित...

फिलिपिन्समा ज्वालामुखी विस्फोट, आसपासका गाउँहरूबाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश

फिलिपिन्समा ज्वालामुखी विस्फोट, आसपासका गाउँहरूबाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश

सहर्ष न्युज
सोमवार, मंसिर २४ २०८१
सहर्ष न्युज
सोमवार, मंसिर २४ २०८१
  • फिलिपिन्स । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ ।

    नेग्रोसको टापुमा समुद्र सतहबाट दुई हजार ४०० मिटरभन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थानमध्ये एक एक हो ।

    ‘फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजी’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय समयअनुसार अपराह्न ३ : ०३ बजे ज्वालामुखी विस्फोट भएको हो। 

    “सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी विस्फोट भएको पहाडबाट छ किलोमिटरको क्षेत्र खाली गर्न सल्लाह दिइएको छ र गतिविधि आवश्यक भएमा थप टाढा जान तयार रहनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।

    ज्वालामुखीको दक्षिणपश्चिम क्षेत्रमा रहेको ला कास्टेलाना सहरका चार वटा उच्च पहाडी गाउँहरूमा ‘उद्धार कार्य’ जारी छ, नगर प्रहरी अधिकारी सर्जेन्ट रोनेल अरेभालोले एएफपीसँग बताउनुभयो । 

    “पछिल्ला केही दिनयता हामीले ज्वालामुखीबाट कालो धुवाँ निस्केको देखेका छौँ । यो हप्ता कुनै पनि समयमा विस्फोट हुने हामीले अनुमान गरेका थियौँ,” उहाँले एएफपीलाई फोनमार्फत दिएको जानकारीमा बताउनुभयो ।

    गत सेप्टेम्बरमा ज्वालामुखीले एकै दिनमा हजारौँ टन हानिकारक ग्याँस फ्याँकेपछि आसपासका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।

    भूकम्प मापन कार्यालयका अनुसार सन् १८६६ यता कान्लाओनमा ४० पटकभन्दा बढी ज्वालामुखी विस्फोट भएको छ । सन् १९९६ मा ज्वालामुखीबाट निस्केको खरानीका कारण तीन जना पर्वतारोहीको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend