२०८३ भाद्र २८ गते आइतवार

images

भारतको चारदिने भ्रमण सकेर उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता, के–के भए छलफल

भारतको चारदिने भ्रमण सकेर उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता, के–के भए छलफल

सहर्ष न्युज
बिहिवार, मंसिर २० २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९ औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

    त्यहाँ रहँदा मन्त्री भण्डारीले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइ, भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर, समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशी, भारतीय उद्योग परिसङ्घका पदाधिकारी लगायतसित भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    चौथाइसँगको भेटका क्रममा उहाँले दुई देशबिचको सौहार्द सम्बन्धका विषयमा कुराकानी गर्नुभएको जनाइएको छ । भारतीय विदेशमन्त्रीसँगको भेटमा उहाँले बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका सम्बन्धमा तथा सीमामा नेपालीले झेल्नुपरेका समस्या समाधानमा सहजीकरणका विषयमा कुराकानी भएको मन्त्री भण्डारीको सचिवालयका सदस्य रमेश भट्टले जानकारी दिनुभयो ।

    यस्तै, मन्त्री भण्डारीले समकक्षीसँगको भेटवार्तामा अत्यावश्यक दैनिक उपभोग्य वस्तु आयातमा सहजता, नेपालबाट निर्यात हुने वस्तुमा लगाइएको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) मा सहजीकरण, सिलीगुडी–झापा र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण, सर्लाहीमा एलपी ग्यासको पाइप लाइन निर्माण, नेपाली वस्तुको भारतमा निर्यात बढाउने, भारतीय लगानी नेपालमा बढाउनेलगायत विषयमा छलफल तथा कुराकानी भएको जनाइएको छ । साथै उहाँहरूबिच कञ्चनपुरको बेलौरी नाका सञ्चालनका विषयमा समेत छलफल भएको बताइएको छ । रासस

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend