२०८३ भाद्र २७ गते शनिवार

images

सभ्य समाज सहकारीमा पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति

सभ्य समाज सहकारीमा पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति

सहर्ष न्युज
शनिवार, मंसिर १५ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर १५ २०८१
  • काठमाडौं । काठमाडौंको तीनकुनेमा मूख्य कार्यालय रहेको सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उक्त सभामा विशिष्ठ अतिथिको रुपमा माधवप्रसाद न्यौपाने र अतिथिको रुपमा कुमार राईको उपस्थिति रहेको थियो । संस्थाले यसपटक सभामा कसैलाई पनि प्रमुख अतिथिको रुपमा आमन्त्रित गरेको थिएन । सभामा उपस्थित शेयर सदस्यहरु मध्येवाटै जेष्ठ र उच्च अहोदामा रहेका व्यक्तिहरु मध्येवाट छनौट गरी पूर्वसीडीयो समेत रहिसक्नुभएका संस्थाका शेयरधनी न्यौपानेलाई विशिष्ट अतिथि र पूर्वशिक्षक राईलाई अतिथि बनाएको थियो ।

    सभामा विशिष्ट अतिथि तथा अतिथिले सहकारी क्षेत्रमा देखिएको विसम परिस्थितिका बीच पनि सदस्यहरुलाई चित्त बुझ्दो सेवा प्रदान गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै साधारणसभाको सफलताको शुभकामना दिनुभएका थियो ।

    सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष बिष्टले पेश गर्नुभएको २०८०/०८१ को वार्षिक प्रतिवेदन र आ.व. ०८१/०८२ को लागि तय गरिएको वार्षिक नीति तथा कार्यक्रम एवं बजेट र अन्य व्यवस्थाहरु समेत पारित भएको थियो । त्यसैगरी सभामा अध्यक्ष बिष्टले संस्थामा २४२९ सदस्य रहेको, शेयर पुँजी २ करोड ७० लाख ८६ हजार ७ सय रुपैयाँ रहेको, बचत संकलन २३ करोड १७ लाख ७४ हजार ७ सय ४७ रुपैयाँ निक्षेप रहेको र २२ करोड १२ लाख ६६ हजार ३ रुपैयाँ रहेको जानकारी गराउनुभएको थियो । त्यस्तै उहाँले संस्थाको कुल सम्पत्ति ३० करोड ६५ लाख ६३ हजार ६२ रुपैयाँ रहेको पनि जानकारी दिनुभयो ।

    त्यसैगरी सभामा लेखा समितिको तर्फबाट संयोजक माधबप्रसाद खरेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै सभाले संस्थाको उद्देश्य परिवर्तन गर्ने, कार्यकारी प्रमुखको पारिश्रमिक निर्धारण गरी अनुमोदन गर्ने, संस्था एकिकरण तथा विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गरेको थियो ।

    सभामा कार्यसम्पादनको आधारमा उत्कृष्ट कर्मचारी, उत्कृष्ट सक्रिय सदस्यका साथै शेयर सदस्यका छोरा छोरीहरु मध्येवाट एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्नेहरुलाई सम्मान, प्रशंसापत्रका साथै हौसलास्वरुप नगद प्रदान गरिएको थियो ।

    ‘आजको सुरक्षित बचत, भोलिको सम्बृद्धि सहितको सभ्य जीवन’ नारा रहेको संस्थाले काठमाडौंको तीनकुनेमा मूख्य कार्यालय, काठमाडौंको चावहिल र भक्तपुरको राधे–राधेमा सेवा केन्द्र खोली सदस्यहरुलाई आधुनिक र सरल सेवा प्रदान गर्दै आइरहेको छ ।

    ध्रुबप्रसाद पोखरलेको अध्यक्षतामा नयाँ सञ्चालक समिति

    यसैबीच सभाले ध्रुबप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । त्यस्तै सञ्चालक समितिको उपाध्यक्षमा कल्पना रंजितकार, सचिवमा कृष्णबहादुर बिष्ट, कोषाध्यक्षमा प्रद्यिप्न भट्टराईलाई चयन गरेको छ भने सदस्यहरुमा प्रमिला चालिसे, चन्द्रकला ढकाल, गीता लम्साललाई चयन गरेको छ ।

    त्यसैगरी लेखा समितिको संयोजकमा माधबप्रसाद खरेल र सदस्यहरुमा राजेश श्रेष्ठ र बालकुमारी अगस्तीलाई चयन गरेको छ ।

    सभामा नवनिर्वाचित सञ्चालक समितिलाई निर्वाचन समितिका संयोजक सोमराज तिम्सिनाले सपथ खुवाउँदै बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

    Sabhya Samaj Dash Photo.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend