२०८३ श्रावण ११ गते सोमवार

images

भारतमा आँधीका कारण विद्यालय बन्द

भारतमा आँधीका कारण विद्यालय बन्द

सहर्ष न्युज
शनिवार, मंसिर १५ २०८१
सहर्ष न्युज
शनिवार, मंसिर १५ २०८१
  •  

    चक्रवात फेङ्गलले ७०–८० किलोमिटर प्रति घण्टा को हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको  भारतको मौसम ब्यूरोले जनाएको छ ।

    पूर्वानुमानले माछा मार्ने मानिसहरूलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालहरूले तल्लो तटीय क्षेत्रहरूमा बाढीको खतरा निम्त्याउने जनाएको छ । 

    तमिलनाडुका धेरै जिल्लाहरूमा विद्यालय तथा कलेजहरू बन्द गरिनुका  साथै कम्तिमा ४७१ जनालाई राहत शिविरहरूमा सारिएको इकोनोमिक टाइम्स अखबारले जनाएको छ ।

    पछिल्लो समयमा चक्रवातहरू–उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा टाइफुन जस्तै –उत्तरी हिन्द महासागरमा नियमित खतराको रुपमा देखा परेका छन् ।

    यस हप्ताको सुरुमा श्रीलङ्काको तटमा फेङ्गलले छ जना बालबालिका सहित कम्तीमा १२  जनाको ज्यान लिएको थियो ।

    वैज्ञानिकहरूले जीवाश्म ईन्धनहरू जलनबाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुदाँ आँधी बेहरी अझै शक्तिशाली हुँदै गइरहेको चेतावनी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend