२०८३ श्रावण ११ गते सोमवार

images

परराष्ट्रमन्त्री डाक्टर आरजु राणाले आजदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने

परराष्ट्रमन्त्री डाक्टर आरजु राणाले आजदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने

सहर्ष न्युज
बिहिवार, मंसिर १३ २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर १३ २०८१
  •  प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको तयारीका बारेमा दुई देशबीच छलफल हुने

    काठमाडौँ  – परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहनुभएका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लाग्नुभएको हो ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    भेटवार्तामा उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल गर्नु हुने पराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend