काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको सो बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण लगायत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा महत्वपूर्ण निर्णय हुने भएको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।
बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् ।
स्रोत भन्छ– ‘कुलमान घिसिङको विषयमा समेत केही नयाँ निर्णय हुन सक्छ ।’
डेडिकेट तथा टं«कलाइनको विषयमा सरकार र कुलमानबीच चलेको द्वन्द्व उत्कर्षमा पुगेको बेला बस्न लागेको मन्त्रिपरिषद्को मिटिङले यो विषयले समेत महत्वपूर्ण स्थान पाउन स्रोतले दाबी गरेको छ ।
हिजोमात्रै सरकारकै ‘बटम लाइन’ अनुसार डेडिकेटेड र ट्रंकलाइन बक्यौता रहेका उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय भएलगतै कुलमानले भने त्यसलाई काउण्टर दिंदै उद्योगीको घरमा समेत बत्ति काट्ने र बैंक खाता रोकेर पैसा असुल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
यसरी कुलमानको पैसा असुल्ने आक्रमक रणनीति बारेमा पनि कुरा उठ्नु स्वभाविक भएको उक्त स्रोतले खुलाएको छ ।
