२०८३ श्रावण ११ गते सोमवार

images

तिलोत्तमा नगरपालिकाका ४३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण

तिलोत्तमा नगरपालिकाका ४३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण

सहर्ष न्युज
बुधवार, मंसिर १२ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर १२ २०८१
  • रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ४ सय ३० जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा पुनः नापीबाट तयार गरिएका जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो ।

    नापी कार्यालय रुपन्देहीको आयोजनामा वडा भित्रका ४ सय ३० जना जग्गा धनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको नापी प्रमुख सुग्रिव यादवले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले यो सुरुवात चरण भएको उल्लेख गर्दै यस पटक छुटेका जग्गा धनीले कार्यालयमा सम्पर्क गरी जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रकृया थाल्न आग्रह गर्नुभयो ।

    कार्यक्रममामा नगर प्रमुख खाँणसहित उपप्रमुख जगेश्वरीदेबी चौधरी,प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,नापी कार्यालय प्रमुख सुग्रिव यादव,वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल,नापी अधिकृत सन्दिप डढकाल लगायतले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्नुभएको थियो ।

    लामो समयदेखि जग्गा उपभोग गर्दै आएपनि लालपुर्जाबाट बञ्चित नागरिकले लालपुर्जा पाएपछि खुशि व्यक्त गरेका छन् । उनीहरुले लाजपुर्जा पाउन बाँकी सबैलाई प्रक्रिया पुर्‍याएर छिट्टै पुर्जा प्रदान गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend