२०८३ श्रावण १० गते आइतवार

images

धितोपत्र बोर्डका नयाँ अध्यक्षबाट पुँजी बजारको ‍व्यवस्थित विकासमा महत्वपूर्ण काम हुने अर्थमन्त्री पौडेलको विश्वास

धितोपत्र बोर्डका नयाँ अध्यक्षबाट पुँजी बजारको ‍व्यवस्थित विकासमा महत्वपूर्ण काम हुने अर्थमन्त्री पौडेलको विश्वास

सहर्ष न्युज
बुधवार, मंसिर १२ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराउनु भएको हो ।
    हिजो बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

    कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढंगले खुल्ला रुपमा प्रतिष्पर्धाको विधि अबलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्याहरुलाई संस्थागत रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्भयो । उहाँले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशिल ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    अर्थमन्त्री पौडेले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरुलाई चर्दै पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गर्नुभयो । नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरुलाई अवसरका रुपमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend