सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेस गर्नुभएको थियो ।

यसैबीच राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मूल रूपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
सरकारको तर्फबाट उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेस गर्नुभएको थियो । प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिनुभएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गर्नुभएको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गर्नुभयो ।
