२०८३ श्रावण ११ गते सोमवार

images

चुडामणि शर्माको मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश

चुडामणि शर्माको मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश

सहर्ष न्युज
मंगलवार, मंसिर ११ २०८१
सहर्ष न्युज
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालगाय कर फर्छ्यौट आयोगका पूर्वपदाधिकारीहरूद्वारा दायर गरिएको मुद्दामा विपक्षीहरूलाई झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले विपक्षीहरूलाई उपस्थित गराई मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

    विशेष अदालतले उनीहरूलाई विगो र जरिवाना गरी ६ अर्ब १६ करोड ४० लाख रुपैंया तिराउन आदेश दिएको थियो ।

    जमानत बापत त्यो रकम बुझाउन नसकेपछि उनीहरू थुनामा गएर मुद्दाको पुनरावेदन गरेका थिए । पछि आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको दावी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।

    विशेष अदालतले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल, र आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend