२०८३ श्रावण १० गते आइतवार

images

सुनको मूल्य आज पनि प्रतितोला २ हजार ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य आज पनि प्रतितोला २ हजार ६ सय रुपैयाँले घट्यो

सहर्ष न्युज
मंगलवार, मंसिर ११ २०८१
सहर्ष न्युज
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । हिजो एकै दिन १५ हजार ९ सयले घटेको सुनको मूल्यमा आजपनि भारी गिरावट भएको छ ।
    आज मंगलबार फेरि २ हजार ६ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend