२०८३ भाद्र २७ गते शनिवार

images

अजिरकोट गाउँपालिका भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन कार्यक्रममा सहभागी

अजिरकोट गाउँपालिका भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन कार्यक्रममा सहभागी

सहर्ष न्युज
बिहिवार, मंसिर ६ २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सहभागी भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको आयोजनामा भएको पालिकास्तरीय उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन सम्वन्धि विविध विषयहरुमा प्रशिक्षित गरिएको थियो । 

    Gorkha1.jpg

    स्थानीय निकायहरुमा हुने भ्रष्टाचार सम्बन्धी सचेतना तथा नियन्त्रण गर्ने उद्देश्य सहित उक्त कार्यक्रम आयोजना गरिएको थियो । 

    कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, कर्मचारी लगायत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।  

    विभिन्न उत्कृष्ट गतिविधिहरु गरेर राम्रो ख्याति कमाईरहेको अजिरकोट गाउँपालिका भ्रष्टाचार र सुशासनलगायतका विषयहरुमा विशेष सजग हुँदै आएको छ । 

    Gorkha.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend