२०८३ श्रावण १२ गते मंगलवार

images

बीपी राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत हुदै, दैनिक ७ घन्टा बन्द हुने

बीपी राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत हुदै, दैनिक ७ घन्टा बन्द हुने

सहर्ष न्युज
बिहिवार, मंसिर ६ २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । बीपी राजमार्ग दैनिक ७ घन्टा बन्द हुने भएको छ । सडक मर्मत भइरहेका कारणले सडक ७ घन्टा बन्द हुने सडक डिभिजन कार्यलय भक्तपुरले जनाएको छ । गत असोजमा गएको अविरल वर्षाले क्षतविक्षत भएको राजमार्ग स्तरउन्नति गर्न  रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।

    सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ ।

    बीपी राजमार्ग सडकखण्ड अन्तर्गतका चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।

    बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।

    सडक कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend