२०८३ श्रावण ११ गते सोमवार

images

इतिहासमै सबैभन्दा धेरै वर्षा बारे अध्ययन गर्न विज्ञ टोली कञ्चनपुरमा

इतिहासमै सबैभन्दा धेरै वर्षा बारे अध्ययन गर्न विज्ञ टोली कञ्चनपुरमा

सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
  • सहर्ष न्युज, काठमाडौं । कञ्चनपुर जिल्लामा भारी वर्षा हुनाको कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागको विज्ञ टोलीले अध्ययन गरेको छ ।

    असारको २३ र २४ गते सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको दोधारा, चाँदनीमा ६२४ , सुन्दरपुरमा ५५६.४ हनुमान नगरमा ५७३.६ वर्षा मापन भएको थियो । 

    ती क्षेत्रमा इतिहासमै सबैभन्दा धेरै वर्षापछि विभागले त्यसको कारण पत्ता लगाउन विज्ञ टोली पठाएको महाकाली बेसिन अत्तरियाका प्रमुख ई. सञ्जयकुमार साहले बताउनुभयो ।

    वर्षा बढी हुनाको कारण बारे सरोकारवालाहरूले समेत जिज्ञासा राखेपछि विभागले मौसम विद् डा. इन्दिरा कँडेलको नेतृत्वमा स्थलगत अध्ययन अवलोकन तथा उपकरण परीक्षणको कार्य हुने भएको ई। साहले बताउनुभयो । 

    टोलीले सो क्षेत्रको अध्ययन गरेर प्रभावित क्षेत्रका सरोकारवालाहरूसँग आवश्यक छलफल समेत गरेको छ । सो टोलीमा जल तथा मौसम विभागका शान्ति कँडेल, सुदर्शन हुमागाईँ र महाकाली बेसिनका प्रमुख ई.साह सहभागी हुनुहुन्छ ।

    सो टोलीले आवश्यक अध्ययन गरेर काठमाडौँ फर्किएको ई। साहले बताउनुभयो । विज्ञ टोलीलाई स्थानीयहरूले मौसम विभागले समयमै मौसमको पूर्वानुमान बारे जानकारी दिएकोले क्षति कम भएको बताएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend