२०८३ श्रावण ११ गते सोमवार

images

युक्रेनद्वारा रुसी भूमिमा लामो दुरीको मिसाइल आक्रमण, दुई देशको युद्ध अब ‘मार या मर’ मा परिणत हुँदै

युक्रेनद्वारा रुसी भूमिमा लामो दुरीको मिसाइल आक्रमण, दुई देशको युद्ध अब ‘मार या मर’ मा परिणत हुँदै

सहर्ष न्युज
बुधवार, मंसिर ५ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । युक्रेनले अमेरिकाबाट पाएको लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो दुरीका मिसाइलबाट रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएपछि युक्रेनले मंगलबार आक्रमण गरेको हो ।

    युक्रेनले मंगलबार रुसको सीमावर्ती ब्रियान्स्क क्षेत्रमा ‘ए.टी.एसी.एम.एस.’ मिसाइलबाट आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

    युक्रेनले प्रहार गरेका ६ वटा मिसाइलहरुमध्ये ५ वटालाई आकाशमै ध्वस्त बनाएको पनि मन्त्रालयले जनाएको छ । तर त्यसका केही टुक्रा खस्दा एक सैन्य अड्डामा आगलागी भएको थियो । यद्यपि आगो तत्काल निभाइएकाले ठूलो क्षति नभएको रुसी अधिकारीहरुको भनाइ छ ।

    रुससँग युद्ध सुरु भएको एक हजारौं दिनमा युक्रेनबाट पहिलोपटक लामो दुरीको हमला भएको हो । रुसले २४ फेब्रुअरी सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

    युक्रेनको यो आक्रमणबाट रुस क्रुद्ध भएको छ । त्यसैले युद्ध अझै भयावह बन्नसक्ने चिन्ता छ ।

    अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई लामो दुरीको आक्रमणको अनुमति दिएलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको परमाणु नीति संशोधनमा हस्ताक्षर गरेका छन् ।

    पछिल्लो समयमा दुई देशको युद्धले नयाँ मोड लिंदैछ । विश्लेषकहरुले यसलाई ‘मार या मर’ मा परिणत हुँदै गइरहेको अनुमान लगाउन थालेका छन्  । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend