२०८३ श्रावण ११ गते सोमवार

images

कीर्तिपुरमा खेल मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय

कीर्तिपुरमा खेल मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय

सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
सहर्ष न्युज
सोमवार, आषाढ ३१ २०८१
  •  

    सहर्ष न्युज, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहालीपछि भएको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

    उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ। उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ।

    बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ।रासस

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend