२०८३ भाद्र २८ गते आइतवार

images

गोरखामा पहिलो पटक ऐतिहासिक पर्यटन व्यवसायी भेला हुने

गोरखामा पहिलो पटक ऐतिहासिक पर्यटन व्यवसायी भेला हुने

सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
  • गोरखा । गोरखामा पहिलोपटक ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१ हुने भएको छ । गोरखा नगरपालिका गोरखाले, गोरखामा पर्यटक भित्र्याउन आउँदो पुस २५ गतेदेखि पर्यटन वर्ष घोषणा गरे लगत्तै नेपाल होटेल संघ गोरखाले ऐतिहासिक पर्यटन व्यवसायी भेला आयोजा गर्न लागेको हो ।

    जिल्लामै पहिलो पटक गोरखाको ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनको लागि योजना निर्माण गर्न यस कार्यक्रमको आयोजना गर्न लागिएको नेपाल होटेल संघ गोरखाका महासचिब सुमन श्रेष्ठले जानकारी दिनुभयो । 

    उहाँका अनुसार आगमी मंसिर ५ र ६ गते आयोजना गर्न लागिएको भेलामा जिल्लाभित्र स्थायी घर भएका देशभर पर्यटन क्षेत्रमा काम गर्दै आउनुभएका पर्यटन व्यवसायीको सहभागिता रहने उहाँले बताउनुभयो । 

    गोरखा एक भौगोलिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा वातावरणिय विविधताका कारण पनि पर्यटनको प्रचुर सम्भावना भएतापनि व्यापक प्रचारप्रसार नभएका कारण गोरखामा घर भई विभिन्न ठाउँमा पर्यटन व्यवसाय गरिरहेका पर्यटन व्यवसायीको महत्वपुर्ण भूमिका हुने भएकाले समेत गोरखामा पर्यटन व्यवसायी भेला राखिएको नेपाल होटेल संघ गोरखाका महासचिव श्रेष्ठको भनाइ छ । 

    नेपाल भनेर चिनिने भन्दा पनि गोरखा भनेर आज विश्ब समुदायले चिनेको गोरखालाई प्रचार गर्न नसक्दा गोरखालाई घाटा भएको छ, नेपाल होटेल संघ गोरखाका उपाध्यक्ष बिष्णु तिमेल्सलनाले भन्नुभयो, “गोरखाले पर्यटकिय क्षेत्रको पहिचान गरी पर्यटकिय क्षेत्रको भरपुर उपयोग गरेर लाभ लिन सकेमा गोरखाले आर्थिक सम्वृद्धिमा ठुलो फट्को मार्न सकिने विश्वास लिइएको छ ।”

    गोरखामा पर्यटकहरुको बसाई लम्ब्याउनका लागि पनि आवश्यक योजना बनाइने नेपाल होटेल संघ गोरखाले जनाएको छ । गोरखामा उत्पादित रेथाने खाना तथा संस्कृतिको जर्गेना र प्रवद्र्धनको लागि पनि भेला आयोजना गरिएको महासचिब श्रेष्ठले बताउनुभयो । 

    भेलामा करिब सय जनाभन्दा बढी पर्यटन व्यवसायीको सहभागीता रहने आयोजकले जनाएको छ । मङ्सिर ५ र ६ गतेको भेलामा जिल्लामा भएका ११ वटा स्थानीय तहले पर्यटकिय क्षेत्रको भिडियो सामग्री समेत प्रस्तुत गरिने भएको छ । उक्त भेलामा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखबाट निर्वाचित संघीय सांसद तथा प्रदेश सांसदहरुको समेत सहभागिता रहने आज गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाल होटेल संघ गोरखाले जानकारी दिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend