२०८३ भाद्र २८ गते आइतवार

images
  • प्रमुख समाचार
  • उपनिर्वाचनमा सबैभन्दा बढी उम्मेद्वारी दर्ता धनुषामा...

उपनिर्वाचनमा सबैभन्दा बढी उम्मेद्वारी दर्ता धनुषामा र रुकुममा सबैभन्दा कम

उपनिर्वाचनमा सबैभन्दा बढी उम्मेद्वारी दर्ता धनुषामा र रुकुममा सबैभन्दा कम

सहर्ष न्युज
आइतवार, मंसिर २ २०८१
सहर्ष न्युज
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । निर्वाचन आयोगले धनुषामा सबैभन्दा बढी र रुकुम पूर्वमा सबैभन्दा कम उम्मेदवारी दर्ता भएको जनाएको छ । 

    मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आइतबार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

    कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एकजना पुरूष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरूष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ। 

    उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम ९पूर्वी भाग० जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडा अध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा ३–३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend