२०८३ श्रावण ११ गते सोमवार

images

किशोरीको मृत्यु भएपछि स्थानीयले गरे ठक्कर दिने बसमा आगजनी

किशोरीको मृत्यु भएपछि स्थानीयले गरे ठक्कर दिने बसमा आगजनी

सहर्ष न्युज
आइतवार, मंसिर २ २०८१
सहर्ष न्युज
आइतवार, मंसिर २ २०८१
  • इटहरी । कोशी राजमार्ग अन्तर्गत पर्ने इटहरी उपमहानगरपालिका वडा नम्बर १३ स्थित खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।

    इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा आइतबार दिउँसो इटहरीस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सम्झना यादवको मृत्यु भएको थियो।

    सो दुर्घटना गराएर भागेको बसलाई आक्रोशित स्थानीयवासीले आगजनी गरेका हुन। आगजनीका कारण बस पूर्ण रूपले ध्वस्त भएको छ। सो दुर्घटना लगत्तै खनारक्षेत्र तनावग्रस्त बनेको थियो। तनावग्रस्त बनेको अनार क्षेत्रको स्थितिलाई नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

    त्यस क्रममा कोसी राजमार्ग भएर गुड्ने सवारी साधनलाई प्रहरीले सुनसरी मोरङ सिचाई आयोजनाको नहर हुँदै बाइपास गरेर सञ्चालन गरेको थियो। दुर्घटना गराउने बलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend