२०८३ श्रावण ११ गते सोमवार

images

चिच्याएर वर माग्न सत्यवती मन्दिर पुगेका भक्तजनहरुको भिड

चिच्याएर वर माग्न सत्यवती मन्दिर पुगेका भक्तजनहरुको भिड

सहर्ष न्युज
शुक्रवार, कार्तिक ३० २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक ३० २०८१
  •  

    तानसेन । चिच्याएर वर माग्नका लागि पाल्पाको सत्यवतीमा भक्तजनको भिड लागेको छ । चार दिन अघिदेखि लागेको वर माग्ने मेलामा सहकारी हुन लाखौँ भक्तजन सत्यवती पुगेका छन् । 

    जिल्लाको तिनाउ गाउँपालिका –४, स्थित सत्यवतीमा रहेको मन्दिरको दर्शन गर्न र ताल वरिपरि घुमेर चिच्याएर वर माग्न दुई लाख बढी भक्तजन त्यहाँ पुगेको स्थानीयले बताएका छन् । 

    परापूर्वकालमा सत्यवती बज्यै सत्यको खोजीमा त्यस स्थानमा आइ तपस्या गरेको र शक्ति आर्जन गरेको जनविश्वास छ । शक्तिकी देवी सत्यवती बज्यैलाई आफूले चिताएको वर चिच्याएर मागे बज्यैले पूरा गरिदिने जनविश्वास रहेको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । 

    कात्तिक २७ गतेदेखि लागेको वर माग्ने मेलामा अहिलेसम्म दुई लाख बढी भक्तजन मन्दिरमा आइसकेको उहाँले जानकारी दिनुभयो । अहिले पनि भारतलगायत नेपालका विभिन्न स्थानबाट भक्तजन आउनेक्रम जारी रहेको अध्यक्ष गाहाले बताउनुभयो ।  

    वर माग्ने मेलामा भक्तजनले निगालोको लिङ्गो लिएर रातको समयमा ताल छेउमा गाड्ने र भोलिपल्ट सोही लिङ्गो चिनेर पूजा गर्छन् । यस्तै, ताल वरपर भक्तजन तीन पटक घुमेर वर माग्ने गरेका छन् । 

    यहाँ हरेक वर्ष तिहार पर्व पछिको पूर्णिमामा ठूलो मेला लाग्ने गरेको छ । यस पटक भक्तजनको सङ्ख्या अत्यधिक भएकाले यातायात व्यवस्थापन र पूजा व्यवस्थापनमा समस्या देखिएको थियो । भक्तजनले एकतर्फी सवारीसाधन चल्ने सडकमा ट्राफिक जाम भएर सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend