२०८३ भाद्र २७ गते शनिवार

images

‘पार्की नेपालकै प्रतिष्ठित आइसक्रिम ‘ब्राण्ड’ बन्दैछ’

‘पार्की नेपालकै प्रतिष्ठित आइसक्रिम ‘ब्राण्ड’ बन्दैछ’

सहर्ष न्युज
शुक्रवार, कार्तिक ३० २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक ३० २०८१
  • मुरारी लाल कुमावत, प्रबन्ध निर्देशक

    सिभान्स फूड प्रडक्ट प्रा. लि. (पार्की आइसक्रिम)

    सिभान्स फूड प्रडक्ट प्रालिले ‘पार्की’ ब्राण्डको आइसक्रिम उत्पादन सुरू गरेको ६ बर्ष पुरा भई ७ बर्षमा प्रवेश गरेको छ । स्वाद, सन्तुष्टि र स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन सुरु गरेको पार्की आइसक्रिम गुणस्तरीय भएकै कारण लाखौं उपभोक्ताको मन जित्न सफल भइसकेको छ । त्यही भएर पनि उत्पादनको छोटो अवधिमै धेरै पुराना उद्योगहरु भन्दा पार्की आइसक्रिमले राम्रो बजार लिन सफल भएको छ । ७ बर्षसम्म आइपुग्दा पार्कीले उपत्यकालगायत उपत्यका आसपासका जिल्लाहरुमा समेत सेवा प्रदान गर्न सुरु गरिसकेको छ । अहिले ८०० स्थानबाट पार्की आइसक्रिम विक्री वितरण गर्दै आएको छ । पार्की आइसक्रिमको उत्पादक कम्पनी सिभान्स फूड प्रडक्टका प्रबन्ध निर्देशक मुरारी लाल कुमावतले बताएका छन् । ७ बर्षमा प्रवेश गरेसँगै आगामी योजनाका बारेमा कुराकानीका क्रममा उद्योगले आगामी दिनमा दालमोठ, भुजिया लगायत अन्य खाद्य उत्पादनहरु पनि बजारमा ल्याउने तयारीमा जुटेको प्रबन्ध निर्देशक कुमावतले बताए ।

    सिभान्स फूड प्रडक्ट प्रालिको बारेमा बताइदिनोस् ?

    सिभान्स फूड प्रडक्ट प्रालि विशेषगरी आइसक्रिम उत्पादन गर्ने उद्देश्यले ५ बर्ष अघि स्थापना भएको कम्पनी हो । यो कम्पनीले अहिले ‘पार्की’ ब्राण्डको आइसक्रिम उत्पादन गर्दै आएको छ । पार्की ब्राण्डको आइसक्रिम उत्पादन भएको पनि ६ बर्ष पुरा भएर ७ बर्षमा प्रवेश गरेको छ ।

    सिभान्स फूडले अहिले के–कस्ता उत्पादन गर्दै आएको छ ?

    सिभान्स फूड विशेषगरी खाद्यन्नसँग सम्बन्धित कम्पनी हो । कम्पनीले विभिन्न चकलेट, भेनिला, स्ट्रेबरी, फ्रुट, मिन्ट, बटर स्कच जस्ता स्वादहरुमा ४० प्रकारका आइसक्रिमको उत्पादन गरी विक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले मूख्यतयाः खाद्यन्नसँग सम्बन्धित उत्पादन तथा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । आगामी दिनमा त्यही उद्देश्य पुरा गर्न सेवा विस्तारमा जोड दिइने छ ।

    आइसक्रिम उद्योग खोल्ने सोच कसरी आएको थियो ?

    आइसक्रिम उद्योगमा रहेर मैले २५ बर्ष लामो समय विताएको छु । आफ्नो विगत लामो समयदेखिको अनुभव आइसक्रिमसँगै खाद्यन्न उद्योग खोलेर सेवा विताउने मेरो सोच थियो । यस शिलशिलामा आइसक्रिमको उत्पादन, गुणस्तरमा एकरूपता, बजार व्यवस्थापन र आन्तरिक व्यवस्थापनको समेत अनुभव हामीसँग रहेको छ । हामीले बढ्दो जनसंख्या, शहरीकरणका साथै आइसक्रिम उद्योगमा भएको संभावनालाई मध्येनजर गरेर सिभान्स फूड प्रडक्ट प्रालि स्थापना गरी ‘पार्की’ ब्राण्डको आइसक्रिम उत्पादन र विक्री वितरण सुरू गरेका हौं । यो उद्योग सञ्चालनमा आएसँगै आफूसँग भएको अनुभव समेत सदुपयोग भएको छ भने प्रत्यक्ष अप्रत्यक्ष सयौंले प्रत्यक्ष रोजगारी पनि दिन सफल भएका छौं । त्यस्तै उद्योगले अप्रत्यक्षरुपमा सयौंलाई रोजीरोटीको व्यवस्था गरेका छौं ।

    पार्की ब्राण्डका आइसक्रिमका विशेषता के कस्ता छन् ?

    आइसक्रिम उत्पादनको लामो समयको अनुभव पछि हामीले ‘पार्की’ ब्राण्डलाई बजारमा प्रस्तुत गरेका थियौं । सिभान्स फूड विशेषगरी खाद्यसँग सम्बन्धित उद्योग हो । खाद्यसँग सम्बन्धित उद्योग भएकाले हामीले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यान दिनु पर्दछ । पार्कीले पनि स्वाद र सन्तुष्टिसँग स्वास्थ्यलाई विशेष ध्यान दिएको छ । बजारमा हाल उत्पादन भइरहेका केही आइसक्रिमहरुले गुणस्तरमा ध्यान नदिई उत्पादन गरेको जनगुनासो सुनिन्छ । तर ६ बर्षको अवधिमा आजसम्म हाम्रो उत्पादनको गुणस्तरको बारेमा उपभोक्ताले कहिले पनि प्रश्न गरेको छैनन् । एकपटक उपभोग गर्ने ग्राहकले पटक–पटक ‘पार्की आइसक्रिम’ नै खोज्छन् । हामीले ६ बर्षमा कमाएको सम्पत्ति नै तिनै सन्तुष्ट ग्राहक हुन् । हामीले उत्पादन गरेको आइसक्रिम तुलनात्मक रूपमा गुणस्तरीय, स्वस्थबद्र्धक र स्वादिष्ट छ । अत्याधुनिक प्रविधियुक्त मेशिनद्वारा आइसक्रिमलाई खाद्यन्नमा हुनुपर्ने गुणस्तर र स्वास्थ्यलाई विशेष ध्यान दिई उत्पादन गर्दछौं । आइसक्रिममा प्रयोग गरिने कच्चा पदार्थ (खाद्य बस्तु तथा सामाग्री)हरु त्यत्तिकै गुणस्तरीय प्रयोग गर्दछौं । उत्पादन देखि भण्डारण समेतमा हामीले स्वास्थ्यमा सजगता अपनाएका छौं । समग्रमा भन्नुपर्दा आइसक्रिम पारखीका लागि पार्की आइसक्रिम एक मात्र विकल्प हो भन्दा फरक नपर्ला । स्वाद र सन्तुष्टिको पर्याप्त मिश्रण रहेको यो आइसक्रिम अन्तर्राष्ट्रियस्तरको रहेको छ । २१ औं शताव्दीका सचेत उपभोक्तालाई गुणस्तर, स्वस्थबद्र्धक उत्पादन पहिचान गरी उत्पादन भएको पार्की ब्राण्डको आइसक्रिम नै उपभोग गर्न म अनुरोध गर्दछु ।

    नेपालमा आइसक्रिमको बजार कस्तो रहेको छ ? पार्कीले बजार हिस्सा कति पु¥याउने लक्ष्य राखेको छ ?

    नेपालमा ‘आइसक्रिम कल्चर’ दिनप्रति दिन बढ्दो छ । विवाह, ब्रतबन्ध, जन्मदिन, बार्षिकोत्सव जस्ता कुनै पनि पार्टी भोजमा परिकारमा आइसक्रिम अनिवार्य परिकार बन्दै गइरहेको छ । यसरी हेर्दा आइसक्रिमको बजार विस्तारै बढ्दै गएको छ । अहिले नेपाली बजारमा ५० वटा जति आईसक्रिमका ब्राण्डहरु रहेका छन् । त्यसमा पनि सबैको मूख्य बजार काठमाडौं उपत्यका नै भएको छ । सबै आइसक्रिम उत्पादक कम्पनीले राजधानीकै बजारलाई लक्षित गरेर उत्पादन तथा विक्री वितरण गरिरहेका छन् । हामीले पार्कीलाई उपत्यकासँगै आसपासका जिल्लाहरुमा विस्तारै विस्तार गर्दै लगेका छौं । विगतको तुलनामा पार्कीको बजार प्रत्येक बर्ष बढ्दो छ । ग्राहकहरुको माया र स्नेहबाट हामी अत्यन्तै उत्साहित छौं । हाम्रो उत्पादनप्रति उपभोक्ताको रेस्पोन्स पनि राम्रो आइरहेको छ । यसरी हेर्दा प्रत्येक बर्ष बजार हिस्सा बढाउदै लैजाने हाम्रो लक्ष्य र योजना पनि क्रमशः पुरा हुँदै गएको छ । गुणस्तरीय उत्पादन भएकाले बजार बढाउन हामीलाई खासै समस्या छैन । अबका पाँच बर्षमा आइसक्रिमको नेपाली बजारमा पार्की ब्राण्डले ४० प्रतिशत बजार हिस्सा ओगट्ने प्रयास हाम्रो रहनेछ ।

    पार्की आइसक्रिम विक्रीको नेटवर्क कसरी मिलाउनु भएको छ ?

    हामीले सम्पर्क गरेका विभिन्न आउटलेटमा सिधै उद्योगको गाडीमार्फत ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै पार्टी प्यालेस, डेरी पसल, डिपार्टमेन्टल स्टोरका साथै भोलुममा आउने अर्डरलाई घर पसलमै पु¥याइदिने व्यवस्था रहेको छ ।

    आइसक्रिम बजारमा प्रतिस्पर्धा कत्तिको छ ? पार्कीमा यसको कुनै असर पनि छ की ?

    अहिले नेपालमा आइक्रिमका ५० वटा जति ब्राण्डहरु रहेका छन् । यसका अतिरिक्त विदेशबाट समेत आइसक्रिम आयत हुने गरेको छ । सबैजसोले काठमाडौं उपत्यकालाई मात्रै बजार लक्षित गरेका छन् । यसरी हेर्दा उपत्यकामा भने केही प्रतिस्पर्धा रहेको छ । उपत्यकाको मूख्य बजारमा सबै ब्राण्ड छन् । उपत्यकामा पनि कतै नपुगेको ठाउँहरु रहेका छन् । त्यस्ता ठाउँमा बजार सानो भएकाले लागत बढी हुन्छ । त्यसैले धेरै उद्योग त्यस्ता ठाउँमा जान चाहान्नन् ।

    हामी स्वस्थ प्रतिस्पर्धाको पक्षमा छौं । अस्वस्थ होइन स्वस्थ प्रतिस्पर्धाले गुणस्तर र मूल्यमा एकरुपता ल्याउछ । यसले उपभोक्तालाई नै फाइदा हुने मेरो बुझाई छ । आइसक्रिम बजारमा केही प्रतिस्पर्धा भएपनि हाम्रो उत्पादनको गुणस्तर उच्चकोटीको अन्तराष्ट्रियस्तरको रहेको हुनाले हामीलाई केही असर पर्दैन् ।

    विदेशबाट के कति रकम बराबरको आइसक्रिम आउँछ ?

    पछिल्लो पाँच वर्षमा आइसक्रिम आयात बढेको सरकारी तथ्यांक रहेको छ । तथ्यांक अनुसार आर्थिक वर्ष (आव) ०७४/७५ मा नेपालले १७ करोड ९६ लाख १३ हजार रुपैयाँ बराबरको २४ लाख १२ हजार ८८६ किलोग्राम आइसक्रिम आयात गरेको थियो । आव ०७५/७६ मा बढेर १८ करोड ८ लाख २३ हजार रुपैयाँ बराबरको ५ लाख ९८ हजार ९१३ किलोग्राम आइसक्रिम नेपाल भित्रिएको थियो । तर, ०७६/७७ मा भने यसको आयात घट्यो । कोभिड माहामारीका कारण उक्त आवमा आइसक्रिम आयात घटेर १३ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको २ लाख ९४ हजार २० किलोग्राममा झ¥यो । त्यसैगरी ०७७÷७८ मा फेरि आइसक्रिम आयात बढ्यो । उक्त आवमा १४ करोड ५४ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ४१ हजार ७४४ किलोग्राम आइसक्रिम आयात गरेको थियो । आव ०७८/७९ मा २६ करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरको ६ लाख ३ हजार २५ किलोग्राम आइसक्रिम नेपाल भित्रिएको तथ्यांक सार्वजानिक भएको थियो । यो तथ्यांकलाई हामी सबै व्यवसायी मिलेर सून्यमा झार्नुपर्छ ।

    आइसक्रिम व्यवसायीहरुले सरकारबाट के कस्तो सहयोगको अपेक्षा गरेको छ ?

    राज्यलाई ठूलो मात्रामा रोजगारी र राजश्व बुझाउने स्वदेशी उद्योगहरुलाई निश्चित पनि सरकारले प्रबद्र्धन र सहयोग गर्नुपर्छ । अत्याधुनिक प्रविधिबाट अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन गरी नेपाली उपभोक्तालाई उपभोग गराउन स्वदेशी उद्योग सक्षम छन् । स्वदेशी उद्योगलाई बचाउन र प्रोत्साहन गर्न सरकारले सरल ऋणको व्यवस्था, आइसक्रिम उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र मेशिनरी सामाग्रीमा भन्सार छुटको व्यवस्था गरिनुपर्छ । यसो हुँदा आइसक्रिम उद्योगबाट विदेशिने रकम नेपालमै रोक्न उद्योगीहरु सक्षम हुनेछन् ।

    आइसक्रिम उद्योगका समस्याहरु के–के छन् ?

    बजार ठूलो छैन । आइसक्रिम उद्योगहरु खुल्ने क्रम जारी रहेको छ । धेरै उद्योग खुल्ने र भोली अस्वस्थ प्रतिस्पर्धा हुनबाट बचाउने अहिले नै सम्बन्धित निकायहरुले ध्यान दिनु पर्छ । ढुवानी गर्दा चिस्यान प्रविधिसहित ढुवानी गर्नुपर्ने भएकाले लागत कष्ट अलिक उच्च हुन्छ । यसले लागत पनि बढाउने संभावना रहन्छ । त्यस्तै आइसक्रिमको व्यापार मौसमी हो । गर्मीमा ह्वात्त खपत हुने र जाडोमा धेरै कम हुने भएकाले उद्योगीले आफ्नो व्यापार एभरेजमा राखी कर्मचारीलाई नियमित काम दिन बडो हम्मे–हम्मे पर्छ ।

    उत्पादनका भावि लक्ष्यहरु के के छन् ?

    हाम्रो गुणस्तरीय आइसक्रिम र भविष्यमा उत्पादन हुने अन्य खाद्य जन्य उत्पादनलाई देशका सबै उपभोक्ता माझ पु¥याउने लक्ष्य हाम्रो रहेको छ । उपत्यका बाहिर उद्योग स्थापना गरी र डिलर, सब– डिलर नियुक्ती गरी हामीले हाम्रो लक्ष्यलाई विस्तारै पुरा गर्दै लैजाने सोचमा रहेका छौं । त्यस्तै दालमोड र भुजिया जस्ता खाद्य उत्पादनहरू बजारमा ल्याउने भावि लक्ष्य राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend