२०८३ भाद्र २७ गते शनिवार

images

रवि लामिछाने रुपन्देहीमा बयान सकियो, वुटवलबाट पुनः कास्की पु¥याइयो

रवि लामिछाने रुपन्देहीमा बयान सकियो, वुटवलबाट पुनः कास्की पु¥याइयो

सहर्ष न्युज
शुक्रवार, कार्तिक ३० २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक ३० २०८१
  • बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट कास्की लगिएको छ ।
     
    बुटवलको सुप्रिम वचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणमा संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि आज कास्की लगिएको हाे।
     
    बिहान पाैने ८ बजे नै कास्की लगिने तयारी भएपनि माैसम खराबीका कारण बिमानस्थल खुल्न नसक्दा दिउँसो पाैने २ बजेमात्र पोखरातर्फ विमानबाट लगिएको रूपन्देही प्रहरीले जनाएको छ।
     
    गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो ।
     
    बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend