२०८३ श्रावण १० गते आइतवार

images

सस्तोमा ४० थान ल्यापटप दिन्छु भन्दै २७ लाख ५० हजार ठग्ने प्रहरी फन्दामा

सस्तोमा ४० थान ल्यापटप दिन्छु भन्दै २७ लाख ५० हजार ठग्ने प्रहरी फन्दामा

सहर्ष न्युज
सोमवार, कार्तिक २६ २०८१
सहर्ष न्युज
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

    उनले भने, “पक्राउ परेका सुजनसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भनि विश्वास दिलाइ पीडितलाई ४० थान ल्यापटप बराबरको रु २७ लाख ६० हजार रकम लिइ ल्यापटप नदिइ ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिमध्येका सुजनलाई काठमाडौँको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो ।”

    निजलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend