२०८३ भाद्र २८ गते आइतवार

images

नियमसम्मत ढंगले नवीकरणको पहल गराउने प्रयासमा क्रसर उद्योगी

नियमसम्मत ढंगले नवीकरणको पहल गराउने प्रयासमा क्रसर उद्योगी

सहर्ष न्युज
आइतवार, कार्तिक २५ २०८१
सहर्ष न्युज
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन हुने भएको छ । क्रसर व्यवसायीहरुको छाता संगठनको उक्त महाधिवेशन कात्तिक ३० गते महोत्तरीको बर्दिबासमा हुने भएको हो ।

    साधारणसभा तथा महाधिवेशन कात्तिक ३० र मंसिर १ गते दुई दिन चल्नेछ । यो महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएको छ ।

    २०७० सालमा स्थापना भएको महासंघको कार्यसमिति २१ सदस्यीय हुने विधानमा व्यवस्था छ । कार्यकाल तीन वर्षको हुन्छ । २०७७ माघ २० गते बुटवलमा महाधिवेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति चुनिएको थियो ।

    सधारणा सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७८० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । बर्दिबासको साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ ।
    साधारणसभा तथा महाधिवेशनको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबाट गराउने महासंघको
    योजना रहेको छ ।

    महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग बाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति अब्दुल खान, मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूलाई पनि निम्तो दिइएको छ ।

    देशभरका क्रसर, बालुवा र खानी उद्योगी व्यवसायीहरूलाई एकताबद्ध गर्ने र आफ्ना हकहितका लागि पहल गर्ने उद्देश्यले महासंघ स्थापना गरिएको थियो ।

    विगतमा दर्ता भएका तथा हाल नवीकरण नभएका खानी तथा क्रसर उद्योगहरुको नियमसम्मत ढंगले नवीकरण गराउने लगायतका मुख्य मागसहितका नीति तथा कार्यक्रम र भावी योजना महाधिवेशनमार्फत् तयार पार्ने कार्यक्रम रहेको बुझिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend