२०८३ श्रावण ११ गते सोमवार

images

१८ कम्पनी सहित ऊर्जा राज्यमन्त्री तामाङको 'कान्छाराम कन्स्ट्रक्सन' कालोसूचीमा

१८ कम्पनी सहित ऊर्जा राज्यमन्त्री तामाङको 'कान्छाराम कन्स्ट्रक्सन' कालोसूचीमा

सहर्ष न्युज
शुक्रवार, कार्तिक २३ २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कम्पनी कालोसूचीमा परेको छ  । ओली सरकारका राज्यमन्त्री तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको हो ।

    सरकारले विभिन्न १८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । त्यसमध्ये राज्यमन्त्री तामाङको कम्पनीसमेत कालोसुचीमा परेको हो । सार्वजनिक खरिद कार्यालयको मंगलबारको निर्णय अनुसार विभिन्न सरकारी निकायबाट सिफारिस भएका उक्त कम्पनी कालोसूचीमा राख्न सिफारिस गरेको हो । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सन पनि परेको छ । सार्वजनिक खरिद कार्यालयको सूचनामा कान्छाराम कन्स्ट्रक्सनको मूख्य व्यक्तिमा राज्यमन्त्री तामाङको नाम उल्लेख छ ।

    राज्यमन्त्री तामाङको कम्पनीसँगै जेभीको रुपमा रहेको एनबी कन्स्ट्रक्सन समेत कालोसुचीमा परेको छ । एनबीको मूख्य व्यक्ति रमिला लामा र आधिकारिक व्यक्ति दिपक थिङ रहेको सूचनामा उल्लेख छ ।

    ती कम्पनीलाई कार्यालयको कात्तिक २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको सार्वजनिक खरिद कार्यालयले जनाएको छ । कालोसूचीमा परेकाहरूले एक वर्ष दुई वर्ष ६ महिनासम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा अयोग्य हुन कार्यालयले जनाएको छ ।

    नेपाली कांग्रेसका पूर्णबहादुर रामेछापबाट नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेर सांसदमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend