२०८३ श्रावण ११ गते सोमवार

images

बैंकहरुमा तरलता अधिक, राष्ट्र बैंकले एक खर्ब रुपैयाँ तान्दै

बैंकहरुमा तरलता अधिक, राष्ट्र बैंकले एक खर्ब रुपैयाँ तान्दै

सहर्ष न्युज
बुधवार, कार्तिक २१ २०८१
सहर्ष न्युज
बुधवार, कार्तिक २१ २०८१
  • सहर्ष न्युज, काठमाडौं । बैंकहरुमा तरलता अधिक देखिएको छ । तरलता बढी हुन थालेपछि राष्ट्र बैंकले बुधबार बैंकिंग प्रणालीबाट एक खर्ब रुपैयाँ खिचेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी एक खर्ब खिच्न लागेको हो ।

    अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। यसले गर्दा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले बारम्बार तरलता खिचिरहेको छ।

    राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

    राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले कात्तिक २१ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्। सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्ने छ।

    पछिल्लो समय बैंकहरुमा अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने कर्जाको माग अझै बढ्न सकेको छैन। यसले गर्दा केन्द्रीय बैंकले प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend