२०८३ भाद्र २८ गते आइतवार

images

टिकटक नेपालमा आधिकारिक रूपमै दर्ता, डिजिटल साक्षरतामा सघाउने प्रतिबद्धता

टिकटक नेपालमा आधिकारिक रूपमै दर्ता, डिजिटल साक्षरतामा सघाउने प्रतिबद्धता

सहर्ष न्युज
बुधवार, कार्तिक २१ २०८१
सहर्ष न्युज
बुधवार, कार्तिक २१ २०८१
  • सहर्ष न्युज, काठमाडौं । नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ । टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र मङ्गलवार लिएको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको हो ।

    टिकटकले तिहार अघि नै दर्ता प्रक्रिया पुरा गरिसकेको थियो । तर तिहार विदाका कारण कम्पनीले हिजो मात्र प्रमाणपत्र लिएको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा टिकटक दर्ता गरिएको हो ।

    यससँगै, अब टिकटकले आधिकारिक रूपमा नेपालमा दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा सघाउने र नेपालको कानून तथा सर्त मान्न तयार हुँदै पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend