२०८३ श्रावण ११ गते सोमवार

images

राउत क्षत्री सेवा समाजको शुभकामना आदान प्रदान तथा देउसी भैली कार्यक्रम सम्पन्न

राउत क्षत्री सेवा समाजको शुभकामना आदान प्रदान तथा देउसी भैली कार्यक्रम सम्पन्न

सहर्ष न्युज
शनिवार, कार्तिक १७ २०८१
सहर्ष न्युज
शनिवार, कार्तिक १७ २०८१
  • काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालले आयोजना गरेको २०८१ सालको दिपावलीको शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष अस्मिनकुमार राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्वसांसद विष्णुबहादुर राउत रहनुभएको थियो ।

    कार्यक्रमको विशिष्ट अतिथिको रुपमा समाजको केन्द्रीय कार्यालय भवन निर्माणार्थ जग्गा दान गर्ने समाजका संरक्षक समेत रहनुभएका हरिबहादुर राउत र सह–संरक्षक तथा समाजसेवी अभिमन्यू राउतको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका प्रबुद्ध राउत बन्धुहरु अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वसांसद विष्णुबहादुर राउतले सदियौं देखि चलिआएको चलन र हिन्दुहरुको महान पर्व मध्येको एक दिपावलीको अवसरमा खेलिने देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमलाई समाजले पनि निरन्तरता दिइरहेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले यस पर्वलाई भाइबन्धुबीच आत्मियता बाँड्ने पर्वको रुपमा समेत लिन सबैलाई आग्रह गर्दै शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा उपस्थित विशिष्ठ अतिथि तथा अतिथिहरुले शुभकामना व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको लागि कामना गर्नुभएको थियो ।

    कार्यक्रममा देउसी भैलो खेल्नुका साथै कलाकारहरुले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जिल्लाबाट आई काठमाडौंमा बस्ने राउत बन्धुहरुको उपस्थिति रहेको छ ।

    राउत बन्धुका अफ्ठ्यारा र प्रोत्साहनमुलक कार्यमा योगदान पु¥याउने उद्देश्यसहित स्थापना गरिएको अक्षय कोषमा थप रकम जम्मा गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त विशुद्ध कार्यका लागि उपस्थित बन्धुहरुले सक्दो सहयोग गरेका थिए ।

    समाज देश विदेशमा रहेका तीन लाख बढी बशिष्ठ गोत्रिय राउतहरुको केन्द्रीय छाता संस्था हो । समाजले विभिन्न अवसरहरुमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ ।

    काठमाडौंको आरुवारीमा आफ्नै सुविधा सम्पन्न भवनमा समाजको केन्द्रीय कार्यालय रहेको छ । समाजले दर्जनको हाराहारीमा जिल्ला समाज गठन गरिसकेको छ भने केही जिल्ला समाज विस्तार गर्ने क्रममा रहेको छ ।

    रोयल जडिबुटी पार्टी प्यालेस जडिबुटी, काठमाडौंमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष मेघबहादर राउतले स्वागत मन्तव्य ब्यक्त गर्नुभएका कार्यक्रमको सञ्चालन समाजका महासचिव इराज कुमार राउतले गर्नुभएको थियो ।

    यसैबीच सिन्धुली–काठमाडौं राउत क्षत्री सम्पर्क समाजले पनि काठमाडौंमा देउसी भैलो कार्यक्रमको आयोजना ग¥यो । सिन्धुलीबाट काठमाडौं आई बसोवास गर्ने राउत बन्धुहरुको उक्त छाता संस्थाले पनि सांस्कृतिक कार्यक्रमका साथ देउसी भैलो खेलेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend