२०८३ भाद्र २७ गते शनिवार

images

१४ किलो अवैध चाँदीसहित २ जना पक्राउ

१४ किलो अवैध चाँदीसहित २ जना पक्राउ

सहर्ष न्युज
शुक्रवार, कार्तिक ९ २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं ।  नेपाल प्रहरीले १४ किलो अवैध चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।

    सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ । पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो । सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

    महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend