२०८३ भाद्र २७ गते शनिवार

images

कृषिमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको कृषि मन्त्री अधिकारी दाबी

कृषिमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको कृषि मन्त्री अधिकारी दाबी

सहर्ष न्युज
शुक्रवार, कार्तिक ९ २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताउनुभएको छ ।

    नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कृषिमा लगानी दशक सन्दर्भिकता र निजि क्षेत्रको भुमिका विषयक् अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरुको सुझाव कार्यन्यन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने बताउनुभयो ।

    सरकारले कतिपय कृषिउपजहरुको आयातमा रोक लगाइएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्नेलाई कार्बाहीको दायरामा ल्याउन जरुरी छ भन्नुभयो । कृषिको बिकासको लागि थप लगानी वृद्धि गर्न जरुरी रहेको मन्त्री अधिकारीले बताउनुभयो । निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह गर्नुभयो ।

    गरिबीबाट मुक्ती पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले पछिल्लो समय कृषि कर्म गर्नेहरुको संख्या घट्नु चिन्ताको बिषय भएको बताउनुभयो ।

    मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्मगर्नेहरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताउनुभयो । कृषिमा सहज लगानीको वातावरण बनाउन अवस्यक रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य शर्त हुनेमा जोड दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend