२०८३ श्रावण १० गते आइतवार

images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ‘एनआइएमबी पेवियर’ सेवा सुरू

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ‘एनआइएमबी पेवियर’ सेवा सुरू

सहर्ष न्युज
शुक्रवार, कार्तिक ९ २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ आधिकारिक रूपमा लोकार्पण गरेको छ । सेवा सुरु भएपछि ग्राहकले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्करहित कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

    ‘बैंकले एनआईएमबी पेवियर’ सेवाले कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउँछ भन्नेबारे जानकारी गराएको थियो । यसले ग्राहकलाई भौतिक कार्ड वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प दिएको बैंकले बताएको छ ।

    ‘‘एनआईएमबी पेवियर’ नेपालका लागि गेम–चेन्जर हो’, बैंकका वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकालले भने, ‘यो उत्पादनले ग्राहकको भुक्तानी तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ। नेपालमा पहिलो पटक यो प्रविधि भित्र्याएका हौं। यसले बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्नेछ।’

    ‘एनआईएमबी पेवियर’ले ग्राहकलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिनेछ, जसले बहुउपयोगी र सुविधाजनक बनाउनेबैंकको दाबी छ। ग्राहकले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित दैनिक कारोबार गर्न सक्नेछन् ।

    ५,००० रुपैयाँभन्दा माथिका सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रूपमा पिन आवश्यक पर्ने बैंकले बताएको छ।

    बैंकले तीन महिनाभित्र ‘एनआईएमबी पेवियर’ स्टिकरका लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकले सो अवधिमा १२ वटा पीओएस कारोबार पूरा गरेपछि आफ्नो वेयरेबल शुल्क ९एनपीआर १,०००० फिर्ता पाउने जनाएको छ।

    बैंकले हाल २७५ शाखा, २६५ एटीएम र ४,००० भन्दा बढी पीओएस टर्मिनल, ६५ राजस्व संकलन काउन्टर र ७७ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend