काठमाडौं । नेपालस्थित शम्स एकेडेमी स्कूलका संस्थापक निर्देशक तबरेज आलम अन्सारीको अध्यक्षतामा दिल्ली, भारतबाट विशेष अतिथिको रूपमा आमन्त्रित प्रो. एस.एस. डोग्राले शम्स ग्लोबल पुस्तकालयको शिलान्यास गर्नुभयो । स्वागत भाषणमा तबरेज आलमले आफ्नो बुबा शम्सुल हकको क्षेत्रीय समाजलाई शिक्षित गर्ने सपनालाई पूरा गर्न वर्षौंदेखि काम गरिरहेको उल्लेख गर्नुभयो ।
प्रो. डोग्राको मार्गदर्शनमा दिल्ली–एनसीआरमा चारवटा पुस्तकालयहरू पहिले नै स्थापना भइसकेको, यद्यपी यो नेपालमा उनले स्थापना गरेको पहिलो पुस्तकालय हो । आफ्नो सम्बोधनमा प्रो. डोग्राले नेपाली शिक्षक र बालबालिकाको शैक्षिक, मानसिक, बौद्धिक विकासको उद्देश्यले शम्स ग्लोबल पुस्तकालयको लागि आफ्नै लेखिएका पाँच पुस्तकहरू सहित १२ जना भारतीय लेखकहरूका ३० भन्दा बढी हिंदी, अंग्रेजी र उर्दू पुस्तकहरू ल्याएको घोषणा गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा होस्ट स्कूलका विद्यार्थीहरूले नेपालको राष्ट्रिय गाना गाएर कार्यक्रम सम्पन्न गरेका थिए । विद्यालयका प्राचार्य मोहम्मद रियाज मन्सूरी, उपप्राचार्य शोएब अन्सारी, वरिष्ठ शिक्षक अब्दुल सत्तार, शिक्षकहरू गुलशन खातुन, रुबिना खातुन, इफत, ओहिदा, अर्चना कुमारी मण्डल, सुनिधि स्वर्णकार, स्थानीय युवा पत्रकार मोहसिम अन्सारी, माजिद र स्थानीय समाजसेवी अब्दुल्लाहको साथै दुई सय भन्दा बढीको उपस्थिति रहेको थियो । उल्लेख्य विद्यार्थीहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो ।
