काठमाडौं । नेकपा (एमाले)ले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसहितका नेतालाई स्पष्टीकरण सोधेको छ।
आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्व उपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताउनुभयो। पार्टी निर्णयको विरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको उहाँको भनाइ छ।
उहाँले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोप्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताउनुभयो।
