२०८३ श्रावण ११ गते सोमवार

images
  • सहकारी
  • रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर...

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने, अदालते दियो अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिने, अदालते दियो अनुमति

सहर्ष न्युज
सोमवार, कार्तिक ५ २०८१
सहर्ष न्युज
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थप ६ दिन हिरासतमा राखिने भएको छ । कास्की जिल्ला अदालतले म्याद थप गरेसँगै उनी ६ दिन प्रहरी हिरासतमै रहने भएका हुनन् । शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको थियो ।

    थप भएको अवधिसम्म लागि कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने जनाएको छ । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

    पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ पर्नुभएको हो । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औँल्याउँदै आवश्यक छानबिन र कारबाही गर्न सिफारिस गरेको छ ।

    पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछानेलाई पक्राउ गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend