२०८३ श्रावण ११ गते सोमवार

images

मोरङका प्रहरी उपरीक्षक हेड क्वाटर तानिए, अबैध अर्थोपार्जनमा घुमुवा प्रहरी प्रयोग गरेको आरोप

मोरङका प्रहरी उपरीक्षक हेड क्वाटर तानिए, अबैध अर्थोपार्जनमा घुमुवा प्रहरी प्रयोग गरेको आरोप

सहर्ष न्युज
शनिवार, कार्तिक ३ २०८१
सहर्ष न्युज
शनिवार, कार्तिक ३ २०८१
  • विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालयले कारवाही गरेको छ । उनलाई कारवाही स्वरुप प्रधान कार्यालयले काठमाडौंमा तानेको हो। घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी लाइन मिलाएर भन्सार नतिरी सामान ओसारपसार गर्ने गरेको आरोप लाग्दै आएका प्रहरी उपरीक्षक कार्कीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयले तानेको हो ।

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रहरी उपरीक्षक कार्कीलाई काठमाडौँ झिकाइएपछि मोरङ प्रहरी प्रमुखको जिम्मेवारी राजन लिम्बूलाई दिइएको छ ।

    मोरङ आएदेखि नै गृह मन्त्रालयको निर्णयले सिभिल प्रहरी बोर्डर केन्द्रित खटाउन नपाउने नियमको उल्लंघन गर्दै तस्करसँग मोटो रकम उठाउने गरेको आरोप प्रहरी उपरीक्षक कार्कीलाई लाग्दै आएको थियो।

    मोरङबाट एसपी कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

    उहाँका अनुसार केही विषयमा छानविन गर्नुपर्ने भएकाले केन्द्रीय कार्यालय ल्याइएको हो।एसपी कार्कीको जिल्ला प्रहरी प्रमुखका रुपमा २०८० फागुन २ गते सरुवा भएको थियो।उहाँ फागुन ७ गते मोरङ हाजिर हुनुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend